२६ जेठ २०८३, मंगलबार

ओपन स्काइज ट्रीटीबाट बाहिरियो रुस, अब जासूसी विमान उडाउन नपाइने

जेठ २४, २०७८
ओपन स्काइज ट्रीटीबाट बाहिरियो रुस, अब जासूसी विमान उडाउन नपाइने

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ओपन स्काइज ट्रीटीबाट रुसलाई औपचारिक रूपमा बहिर्गमन गराउने एक कानूनमा सोमवार हस्ताक्षर गरेका छन् । 

उक्त सन्धि अन्तर्गत सदस्य मुलुकहरूमा जासूसी प्रयोजनका लागि निःशस्त्र सर्वेक्षण विमान उडाउन पाइन्थ्यो । 

अमेरिकाले ओपन स्काइज सन्धिमा पुनः जोडिन अस्वीकार गरेपछि रुस पनि त्यसबाट बाहिरिएको हो । 

जुन महिनाको अन्त्यतिर पुटिन र अमेरिकी समकक्षी जो बाइडनबीच शिखर वार्ताका लागि मस्को र वाशिङटनले कुराकानी चलाइरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्