१७ असार २०८३, बुधबार

हटस्पटमा कोरोना संक्रमण घट्दो, अस्पतालमा खाली हुन थाले बेड

हटस्पटमा कोरोना संक्रमण घट्दो, अस्पतालमा खाली हुन थाले बेड
सांकेतिक तस्वीर

पछिल्लो समय नेपालगञ्जसहित जिल्लामा कोरानो सङ्क्रमितका सङ्ख्यामा कमी आएको छ ।

यससँगै अस्पतालमा बिरामीका चापमा कमी आउँदा शय्यासमेत खाली हुन थालेका छन् ।  

भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा आइतबार सङ्क्रमितका लागि छुट्याइएका शय्यामध्ये दुवैका ६९, वेस्टर्न अस्पताल १४ र युनाइटेड अस्पतालका १२ श्यया खाली रहेको जनाइएको छ ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयद्वारा निषेधाज्ञा जारी  भएपछि सङ्क्रमितको सङ्ख्यामा कमी आएको हो । 

salt training

कमेन्ट गर्नुहोस्