१२ असार २०८३, शुक्रबार

कर्णालीमा मन्त्रीको झमेलाले प्रदेश सभामा अवरोध, आज बैठक बस्दै

जेठ २६, २०७८
कर्णालीमा मन्त्रीको झमेलाले प्रदेश सभामा अवरोध, आज बैठक बस्दै

कर्णाली प्रदेश सभाको प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग राखेपछि मंगलवार पनि प्रदेशसभा बैठक बस्न सकेन । 

प्रदेश सभाको बैठक सोमवार दिउँसो २ः०० बजे र साँझ ५ः०० बजे बसेको थियो । 

पहिलो बैठकमा प्रारम्भमै एमाले संसदीय दलका यामलाल कँडेलले फौजदारी अभियोग लागेका व्यक्तिलाई प्रदेश सरकारको मन्त्रीमा राखेकामा आक्रोश पोखेका थिए । दोषी करार व्यक्ति सभामा राख्ने स्थितिको अन्त्य र सुधार नगरेसम्म बैठक चल्न नदिने भन्दै एमालेका सदस्यले बैठक अवरुद्ध गरेका थिए । 

मंगलवार बैठक सञ्चालनका लागि सरकार र प्रतिपक्षबीच ३ घण्टा वार्ता भयो । त्यसको टुंगो नलागेपछि बैठक नै बस्न सकेन ।

दुवै पक्षबीचको निष्कर्षविहीन वार्तालाई विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले जेठ २६ गते बुधवार अपराह्न २ बजेसम्मका लागि बैठक स्थगनको सूचना गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्