१० असार २०८३, बुधबार

कोरोना संक्रमितको घरैमा पुगेर स्वास्थ्य सामग्री प्रदान

जेठ २६, २०७८
कोरोना संक्रमितको घरैमा पुगेर स्वास्थ्य सामग्री प्रदान
प्रतिकात्मक तस्वीर

डोटी जिल्लामा पछिल्लो समय दैनिकरूपमा कोरोना भाइरसका संक्रमितको संख्या थपिँदै जान थालेपछि उनीहरूको जीवनरक्षाका लागि विभिन्न संघसंस्थाले घरैमा पुगेर स्वास्थ्य सामग्री प्रदान गर्न थालेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दोस्रो चरणको कोरोना भाइरसका कारण जिल्लामा कम्तिमा पनि १ हजार १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा कोरोना संक्रमण निको हुने क्रमसँगै बढ्ने क्रम बढी देखिएको स्वास्थ्यकर्मी बताउँछन् ।

यसै सिलसिलामा कोरोना संक्रमण भएका व्यक्ति तथा उनीहरूका परिवारको सुरक्षाका लागि जिल्लामा कार्यरत सम विकास केन्द्र नामक गैरसरकारी संस्थाले संक्रमितका घरैमा पुगेर स्वास्थ्य सामग्री प्रदान गर्ने अभियान सञ्चालन गरेको छ ।

विदेशी दातृ निकाय एक्सनएड नेपालको सहकार्यमा संस्थाले जिल्लाको दिपायल सिलगढी नगरपालिकामा रहेका कोरोना संक्रमणमा परेका व्यक्तिका परिवारलाई स्वास्थ्य सामग्री प्रदान गर्ने अभियान सञ्चालन गरेको संस्थाका अध्यक्ष अधिराज बिसीले जानकारी दिए ।

उनका अनुसार संस्थाले मंगलवार नगरपालिकाको वडा नम्बर ५ को होमआइसोलेसनमा रहेका ३४ कोरोना संक्रमितका घरपरिवारका सदस्यलाई घरैमा पुगेर स्वास्थ्य सामग्री वितरण गरेको छ ।

वडाका अन्य नागरिकमा कोरोना भाइरसको संक्रमण नफैलियोस् तथा कोरोनाबाट जोगिन सावधानी अपनाउन् भन्ने उद्देश्यले होमआइसोलेसनमा रहेका घरपरिवारका व्यक्तिलाई स्वास्थ्य तथा सरसफाइका सामग्री स्यानिटाइजर, सर्जिकल मास्क, पल्स अक्सिमिटर, डिजिटल थर्मोमिटर, साबुन, पेपर टावेल र स्यानिटरी प्याडसहित प्रतिपरिवार २ हजार २२७ बराबर सामग्री वितरण गरिएको संस्थाका पूर्व अध्यक्ष केशव परियारले जानकारी दिए ।

सामग्री वितरणका साथै विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ महामारीबाट बच्न, रोकथाम गर्न, सुरक्षा मापदण्डको पालना गर्न पोस्टरमार्फत सचेतनामूलक जानकारी गराइएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्