०५ असार २०८३, शुक्रबार

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा घाइते

जेठ २६, २०७८
मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा घाइते
प्रतिकात्मक तस्वीर

पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदाङ्गगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको ना३६प २१९९ नम्बरको मोटरसाइकल कालिका–९ सुनखानीमा आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।

मोटरसाइकल मंगलवार राति १०ः१० बजे सडकबाट ५० मिटर तल खसेको कार्यालयले जनाएको छ । 

दुर्घटनामा परी मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–२ बस्ने ६० वर्षीया हस्तमाया मगर रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । मगरको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकल चालक रत्ननगर नगरपालिका–११ बस्ने ३५ वर्षीय फत्तेबहादुर मगर घाइते भएका छन् । घाइते मगरको दुवै खुट्टा, हात र ढाडमा चोट लागेको छ र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मृतक र घाइते आमाछोरा रहेका थापाले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्