
मुसाले जागिर गर्यो, रिटायर्ड (अवकाश) भयो भनेर सुन्दा पत्यार नलाग्न सक्छ । तर दक्षिण पूर्वी एरियाको देश कम्बोडियामा बारुदी सुरुङ पत्ता लगाउने तालिमप्राप्त मुसो रिटायर्ड भएको छ ।
अफ्रिकी नस्लको मुसोले आफ्नो ५ वर्षे सेवाअवधिमा बारुदबारे पत्ता लगाएर हजारौं व्यक्तिको ज्यान जोगाएको छ । ७ वर्षीय मुसाको नाम ‘मगवा’ रहेको छ ।
मगवा मुसालाई यस्तो तालिम दिइएको थियो, जसबाट मुसाले सुँघेर बारुद रहेका ठाउँबारे थाहा पाउँथ्यो । बेल्जियमको गैरनाफामूलक संस्था एपीओपीओले मगवालाई तालिम दिएको थियो ।
मगवाले गरेको प्रशंसनीय कामबापत ‘ब्रिटिश च्यारिटी मेडल’बाट सम्मान गरिएको छ । हालसम्म कुकुरलाई दिइँदै आएको यो मेडल यसपालि मुसालाई दिइएको छ ।
सन् २०१६ मा २ वर्षको उमेरमा मगवालाई कम्बोडिया लगिएको थियो ।