०६ साउन २०८३, बुधबार
सर्वाेच्च सुनुवाइ

पुरानै न्यायाधीश सम्मिलित संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दा पेशी चढ्यो

पुरानै न्यायाधीश सम्मिलित संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दा पेशी चढ्यो

प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइका लागि आज बुधवार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा ५ सदस्यीय पुरानै न्यायाधीश सम्मिलित संवैधानिक इजलासमा पेशी तोकिएको छ ।

सरकारी वकिल पक्षले इजलास पुनर्गठनमा असन्तुष्टि जनाएपनि पुरानै न्यायाधीश सम्मिलित इजलास तोकिएको छ ।

इजलासमा प्रधानन्यायाधीश जबराबाहेक न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।

यसअघि इजलासमा सहभागी २ न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठबारे प्रश्न उठेपछि न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासमा नबस्ने निर्णय गरेका थिए ।

त्यसपछि प्रधानन्यायाधीश जबराले नयाँ इजलास गठन गरेका थिए । तर इजलास पुनर्गठनमा सरकारी पक्षले असहमति जनाएको छ ।

इजलास गठनमै विवाद देखिएपछि मुद्दाको सुनुवाइ मूल विषयमा प्रवेश गर्न पाएको छैन । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेपछि सर्वाेच्च अदालतमा मुद्दा परेका छन् ।
 

कमेन्ट गर्नुहोस्