दक्षिण अमेरिकी मुलुक बोलिभियाको संसद् भवनमा मंगलवार सांसदहरूले कुटाकुट गरेका छन् ।
एक पूर्व राष्ट्रपतिलाई हिरासतमा लिइएको विषयमा विवाद हुँदा विपक्षी राजनीतिकर्मीहरूले सत्तारूढ दलका सांसदलाई मुक्का हानेका हुन् ।
विपक्षी सांसद हेनरी मोन्तेरो र सत्तारूढ दलका सांसद एन्टोनियो कोल्कले एकअर्कालाई मुक्याएका थिए ।
पूर्व अन्तरिम राष्ट्रपति जीनाइन अनेजको हिरासतमा विषयमा सदनमा चर्चा चल्दै गर्दा कुटाकुटको स्थिति आएको हो ।
पूर्व राष्ट्रपति इभो मोरालेसलाई सत्ताच्युत गरेर अनेजले वैध संक्रमणकालीन सरकार चलाएको हो कि कू गराएको हो भन्ने विषयमा विवाद भएको थियो ।
कोल्कले मोन्तेरोलाई मुक्का हान्दा अरू दुईले झगडियाहरूलाई छुट्ट्याउन खोजेका थिए ।
मोन्टेरोले पनि कोल्कलाई मुक्का फर्काएका थिए । उनीहरू भुइँमा पछारिएर पनि लडिरहेका थिए ।
उनीहरू उठेपछि दुई महिला सांसर तातियाना अनेज दे क्रीमोस र मारिया आलानोकाबीच झगडा शुरू भएको थियो ।
एकले अर्काको कपाल भुत्ल्याएपछि अरूले उनीहरूलाई छुट्ट्याएका थिए ।