०१ असार २०८३, सोमबार

प्रभावकारितामा प्रश्न उठाएका रामदेवले पनि लगाउने भए खोप

जेठ २७, २०७८
प्रभावकारितामा प्रश्न उठाएका रामदेवले पनि लगाउने भए खोप

एलोप्याथीको विरोध गरेर चर्चामा रहेका बाबा रामदेवले छिट्टै कोरोनाविरुद्धको खोप लगाउने बताएका छन् । 

उनले अरूलाई पनि खोप लगाउन अपील गरेका छन् । केही दिनअघि एलोप्याथीका विषयमा विवादित बयान दिएपछि रामदेवको प्रखर विरोध भएको थियो र उनले बयान फिर्ता लिएका थिए । उनले खोपको प्रभावकारिताका विषयमा पनि प्रश्न उठाएका थिए । 

योगले कोरोनाबाट हुने जटिलताबाट बचाउने, त्यसैले योगाभ्यास नियमित रूपमा गर्नुपर्ने उनको भनाइ छ । 
 

एलोप्याथिक औषधिका विषयमा दिएको बयानका कारण फेडरेसन अफ अल इन्डिया मेडिकल एसोसिएसनले रामदेवलाई नोटिस पठाएर जवाफ मागेको थियो । त्यसमा रामदेवले जवाफ दिँदै बयान फिर्ता लिइसकेकाले नोटिसमा कुनै दम नभएको बताए ।

आफ्नो बयानलाई असान्दर्भिक रूपमा प्रस्तुत गरिएको र व्यावहारिक उपचारको प्रयोगका विषयमा प्रश्न उठाएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्