
इजरायलमा एक हजार वर्ष पुरानो अण्डा दुरुस्त अवस्थामा फेला परेको छ ।
यो संसारकै सबभन्दा पुरानो अण्डामध्ये एक भएको बताइएको छ ।
दुर्भाग्यवश, अण्डा सफा गर्ने क्रममा फुट्यो । तर बोक्रा मात्र फुटेकाले त्यसलाई अर्ग्यानिक ल्याबमा पुनः दुरुस्त बनाइयो ।
अण्डा १०औं शताब्दीको हो । मध्य इजरायलको यावने शहरमा उत्खनन गर्ने क्रममा अण्डा भेटिएको हो ।
यावनेमा अहिले शहरी विकास परियोजना चलिरहेको छ ।
इजरायलको पुरातत्त्व विभागका विशेषज्ञ चिकित्सक डा ली पेरी गालले भने, ‘यो अत्यन्तै दुर्लभ कुरा हामीले फेला पारेका छौं । उत्खननका क्रममा अण्डाको बोक्रा त फेला पर्छन् तर नफुटेको अण्डा दुरुस्त अवस्थामा फेला पर्नु दुर्लभ घटना हो ।’
पुरातत्त्वविद्हरूले मानिसको दिसा भण्डारण गर्ने ठाउँमा अण्डा फेला पारेका हुन् । दिसामा रहेकाले अण्डा दुरुस्त अवस्थामा रहेको उनीहरूको भनाइ छ ।