२८ जेठ २०८३, बिहीबार

लक्षित समूह बाहेकलाई खोप लगाए कारवाही

जेठ २७, २०७८
लक्षित समूह बाहेकलाई खोप लगाए कारवाही
प्रतिकात्मक तस्वीर

लक्षित समूह बाहेकका व्यक्तिलाई खोप लगाइए जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कारवाही गर्ने भएको छ ।

भेरोसेल खोप ६२–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउन शुरू गरिएकामा अन्यले पनि लगाएको गुनासो आएपछि प्रशासन कार्यालयले कारवाही गर्ने जनाएको हो ।

यसबारे जिल्लाका सबै स्थानीय तहलाई खोप लक्षित वर्गका व्यक्तिलाई लगाउन सहयोग गर्न भनिएको छ ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जिल्ला स्वास्थ्य कार्यालयलाई लक्षित समूहबाहेक अन्य खोप लगाउने व्यक्ति, खोप केन्द्र र केन्द्रका स्वास्थ्यकर्मीको विवरण प्रशासन कार्यालयमा पठाउन निर्देशन दिएका छन् । प्रजिअ महतोले जारी गरेको सूचनामा स्वास्थ्य कार्यालयबाट आएको विवरणका आधारमा कारवाही गरिने उल्लेख गरिएको छ ।

ज्येष्ठ नागरिकसँगै छुटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, मेडिकल कलेजका विद्यार्थीलाई समेत खोप लगाइने भएपछि गैरलक्षित समूहका व्यक्ति पनि खोप लगाउन पुगेका छन् । गैरलक्षित समूहका व्यक्तिका कारण ज्येष्ठ नागरिक खोप केन्द्रमा खोप लगाउन असहज अवस्था देखिएको छ ।

लक्षित समूहका व्यक्तिसँगै उनीहरुका आफन्त पनि केन्द्रमा आउँदा समस्या देखिएको स्वास्थ्यकर्मी बताउँछन् । जिल्लाका सबै स्थानीय तहमा मंगलवारदेखि ज्येष्ठ नागरिकलाई खोप लगाउन थालिएको हो । खोप ३ दिनसम्म लगाइने छ ।

salt training

कमेन्ट गर्नुहोस्