०५ असार २०८३, शुक्रबार

भान्जी मार्ने मामालाई गाउँ पञ्चायतको अनौठो सजाय, गंगास्नान गर्नू अनि गाउँबाहिर ४५ दिन बस्नू

जेठ २७, २०७८
भान्जी मार्ने मामालाई गाउँ पञ्चायतको अनौठो सजाय, गंगास्नान गर्नू अनि गाउँबाहिर ४५ दिन बस्नू

भारतको मध्य प्रदेशमा रहेको सीताराम का पुरा नामक गाउँमा भान्जीलाई मामाले गोली हानेर मारेका छन् । 

त्यसपछि घटनालाई सामसुम पार्न बच्चीका आमाबुवालाई मामाघरका मानिसले सम्झाइबुझाइ गरे र बच्चीको शवलाई घर नजिकैको भुइँमा गाडे । 

प्रहरीले यसको खबर पाएपछि अनुसन्धान गरेको थियो । बुधवार बच्चीको शव जमीनबाट निकालिएको थियो । 

मे ७ मा रामलखन कुशवाहा नामक वृद्ध व्यक्तिको मृत्यु भयो । पिताको मृत्युपछि छोरी अट्टदेवी आफ्ना दुई सन्ताका साथ माइत आएकी थिइन् । 

२० मेमा १३ दिनको भोजन कार्यक्रम चल्दै गर्दा रामलखनका दुई छोरा बुद्धे र मोनूबीच सम्पत्तिका विषयमा विवाद भयो । 

झगडा बढ्दै जाँदा गोली चल्यो । छतमा खेलिरहेकी आठ वर्षीया रागिनीलाई गोली लाग्यो । उनी घटनास्थलमै बितिन् । 

त्यसपछि सबैले मिलेर रागिनीकी आमा अट्ट देवी र पिता मानसिंहलाई सम्झाइबुझाइ गरे । रागिनीको शव घरभन्दा आधा किलोमिटर पर भुइँमा खाल्डो खनेर गाडियो । 

त्यसपछि गाउँमा पञ्चायत बस्यो । मामाले जानीबुझी भान्जीको हत्या नगरेकाले पूरै परिवारले गंगा स्नान गर्नुपर्ने अनि ४५ दिनसम्म गाउँबाहिर बस्नुपर्ने भन्दै पञ्चायतले फैसला सुनायो । 

प्रहरीले यसको खबर पाएपछि अनुसन्धान गरेको थियो । बुधवार रागिनीको शव निकालेर पोस्टमोर्टमका लागि ग्वालियर पठाइएको छ । भारौली थानामा आरोपितहरूका विरुद्ध उजुरी दर्ता पनि गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्