अमेरिकाको राष्ट्रपति बनेपछि जो बाइडनले पहिलोपटक विदेश भ्रमण गर्न लाग्दा उनीमाथि कीराले आक्रमण गरेको छ ।
बुधवार बेलायत जानका लागि बाइडन जोइन्ट बेस एन्ड्रुज पुग्दा वायुसेनाका अधिकारीहरूसँग कुरा गर्ने क्रममा सिसादा नामक कीरा उनको गर्दनमा आएर बसेको थियो । सबै सुरक्षाघेरा तोड्दै कीरा बाइडनकहाँ पुग्यो र उनले त्यसलाई आफैं हटाए ।
त्यसलगत्तै बाइडनले त्यहाँ भेला भएका पत्रकारहरूलाई सिसाडाबाट सावधान रहन भने ।
बाइडनको पहिलो विदेशयात्रामा पत्रकारहरू उनीसँगै जान लागेका थिए । बाइडनले बच्नू भने पनि पत्रकारहरूलाई सिसाडाले आक्रमण गरिहाल्यो ।
सिसाडा कीरा विमानको इन्जिनमा समेत पसेकाले निर्धारित समयभन्दा सात घन्टा ढिलो गरी विमान उडेको थियो ।
वाशिङटन डीसीमा सिसाडा कीराको बिगबिगी छ ।
President Biden was hit in the neck with a cicada while chatting with a uniformed military officer before boarding Air Force One for a week-long tour of western Europe https://t.co/eWdBtK8jN2 pic.twitter.com/6wFGMxsLgN
— POLITICO (@politico) June 9, 2021