
प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त मन्त्रालयमा मन्त्रीहरू नियुक्त गरी मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् हेरफेर गरेकी हुन् ।
नवनियुक्त मन्त्रीहरूको शपथ अहिले केहीबेरमा राष्ट्रपति कार्यालय शितलनिवासमा हुँदैछ ।
शपथ अगावै मन्त्रालयमा मन्त्रीहरूको ‘नेम प्लेट’ फेरिएको छ ।
बिहीवार गृहमा खगराज अधिकारी, सञ्चार तथा सूचना प्रविध मन्त्रालयमा नैनकला थापा, वन तथा वातावरणमा नारदमुनी राना मन्त्री नियुक्त भएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमा राजकिशोर यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गणेश पहाडी नियुक्त भएका छन् ।