×

NMB BANK
NIC ASIA

‘जिउँदो लाश’ बनेको ३ वर्षपछि मोडल निशा घिमिरेको उद्धार, नर्भिकमा उपचार हुँदै

जेठ २७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

दुर्घटनामा परेर ३ वर्षदेखि मृत्युशय्यामा छट्पटाइरहेकी कलाकार तथा मोडल निशा घिमिरेको उद्धार गरिएको छ । 

Muktinath Bank

नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले मोडल तथा कलाकार घिमिरेको बिहीवार उद्धार गरेकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

३ वर्षअघिसम्म मिडियामा छाउने गरेकी मोडल निशा घिमिरेको अहिलेको अवस्था पत्याउनै नसक्ने ‘दर्दनाक’ छ । चलेकी मोडल निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थन्किएकी थिइन् । 


Advertisment
Nabil box
Kumari

३ वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारतको देहरादुन जाँदै गर्दा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी थिइन् । दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर त्यहाँको अस्पतालको उपचार महंगो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुवाआमाले छोरीलाई नेपालमै ल्याएका थिए । 

Vianet communication
Laxmi Bank

काठमाडौंमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो । तर उनको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चिकित्सककै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरमा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो । 

नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमणको महामारी बढेपछि उनी घरमै थन्किएकी थिइन् । 

‘आमाबुवा दैनिक ज्यालादारी गर्न जानुपर्ने भएकाले उनको पर्याप्त हेरविचार समेत हुन सकेन,’ उनलाई नजिकबाट चिन्ने र उद्धारका लागि समन्वयकर्ताको भूमिका खेलेका नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालले भने, ‘कलाकार घिमिरेको दर्दनाक अवस्थाको विषयमा मैले फेसबूकमा पोस्ट गरेको थिएँ, त्यसमा नर्भिककी प्रबन्ध निर्देशक चौधरीले चासो राख्नुभयो र उहाँले आफ्नो समन्वयमा उपचार प्रबन्ध मिलाउने भनेर उद्धार गर्ने व्यवस्था मिलाउनुभएको हो ।’ 

दाहालका अनुसार दुर्घटनाअघि ६० किलोभन्दा बढी तौल रहेको कलाकार घिमिरे आहार, हेरविचार र उचित उपचारको अभावमा सुकेर २० केजीमा सीमित भएकी छन् । 

‘कोरोनाकालमा निशा बहिनीलाई केही सहयोग गर्न म उहाँको ललितपुरस्थित बतासेमा रहेको घरमा पुगेको थिएँ, अवस्था दर्दनाक देखेपछि मैले सहयोगको अपिलसहित पोस्ट गरें,’ दाहालले भने, ‘मनकी धनी मेघा चौधरीज्यूले म उपचार गर्छु भनेर उद्धार गर्नुभयो । म धेरै खुशी छु ।’

यो अवधिमा निशाको अवस्थाबारे समाचारहरू समेत प्रकाशन भएका थिए । तर उनलाई उद्धार गर्न, उचित उपचार व्यवस्था मिलाउन कसैले पनि सहयोग गरेनन् ।  

बिहीवार बिहान कलाकार घिमिरेको उद्धार गरिएको थियो । उनलाई लिन नर्भिक अस्पतालको एम्बुलेन्स गएको थियो । हाल उनको नर्भिक अस्पतालमा राखेर उपचार थालिएको छ । 

प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको छ । शरीरका महत्त्वपूर्ण अंगहरू जस्तैः मुटु, मिर्गाैला, कलेजो, फोक्सो लगायतमा ठूलो समस्या देखिएको छैन । 

नर्भिकका चिकित्सकले निशाको अवस्थामा सुधार हुने अपेक्षा गरेका छन् । ‘पहिलाजस्तै मोडलिङ नै गर्ने गरी त ठीक नहोला,’ चिकित्सकलाई उदृत गर्दै दुर्गा दाहालले भने, ‘तर कम्तीमा आफैं हिँडडुल गर्नसक्ने, आफैं खानसक्ने र केही बोल्न सक्नेसम्म पनि भयो भने पनि धेरै हुन्छ ।’ 

हाल निशा बोल्न सक्दिनन् । अरुले खुवाइदिनुपर्छ । कसैले केही कुरा गर्‍यो भने सुन्न सक्छिन् र आँसु बगाउने गर्छिन् । जवाफ दिन वा अरुलाई प्रतिक्रिया जनाउने अवस्थामा छैनन् । हातखुट्टा नै कुँजिएर ओछ्यान परेको ३ वर्षपछि चौधरीको पहलमा उनको उद्धार भएकोमा छिमेकी र उनका अभिभावक समेत खुशी छन् । 

‘यो कलियुगमा पनि भगवान् हुँदा रहेछन् । मेरी छोरीलाई उद्धार गर्नेको भलो होस्,’ निशाका बुवाले भने, ‘छोरी जिउँदो लाश भएर लडेकी ३ वर्ष भयो । अब चाहिँ थोरै भए पनि उठ्छे कि भन्ने आशा पलाएर आएको छ ।’ 

उद्धारकर्ता नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले घिमिरेको दर्दनाक अवस्था फोटोमा देखेपछि आफूले उद्धार गरेको बताइन् । अब आफ्नै समन्वयमा उनको सम्भव हुनेजति उपचार गरिने उनले जानकारी दिइन् । 

समाज सेवामा समेत सक्रिय चौधरीले यसअघि पनि समस्यामा परेका दर्जनौं असहायलाई उद्धार गरी निःशुल्क उपचारको व्यवस्था गरिसकेकी छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x