![नवनियुक्त गृहमन्त्री अधिकारीलाई मन्त्रालयमा यसरी गरियो स्वागत [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Home_minister_3_GW4uEf1Hpj.jpg)
नवनियुक्त गृहमन्त्री खगराज अधिकारीलाई मन्त्रालयमा भव्य स्वागत गरिएको छ ।
मन्त्री पदको शपथ लिएर कार्यभार सम्हाल्न मन्त्रालय पुगेका अधिकारीलाई कर्मचारीहरूले फूलको माला र पुष्पगुच्छाले स्वागत गरेका हुन् ।
अधिकारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद्मा सामेल गरेका हुन् ।
निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादललाई काम गर्न सर्वोच्च अदालतले रोक लगाएपछि गृहमन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्दै आएका थिए ।
नवनियुक्त मन्त्री अधिकारी प्रधानमन्त्री ओलीका विश्वास पात्र मानिन्छन् ।
हेर्नुहोस्, तस्वीरहरू :






