
बिहीवार पूर्णता पाएको नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ ।
जेठ २१ गते मन्त्रिपरिषद् विस्तार भएपछि बैठक बस्न सकेको थिएन ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल भइरहेको स्रोतले बतायो ।
मन्त्रिपरिषद्को पहिलो बैठकले सरकारको प्रवक्ता तोक्ने सम्भावना छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीका लागि निर्देशन दिएका छन् ।