
दैनिक राशिफल २०७८ जेठ २८ गते शुक्रबार
मेष
नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योग छ । खानपानमा ध्यान दिनु जरुरी छ । उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आर्थिक पक्ष राम्रो हुनेछ ।
वृष
राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । मंगलमय काम सम्पादन हुनेछ । धनलाभले आतिएका सोचिएका कर्म पुरा गर्न सकिने छ ।
मिथुन
प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । परिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला ।
कर्कट
व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । मानसम्मानका साथमा प्रशस्तै आम्दानी बढ्ने समय छ । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ ।
सिंह
कुनै पनि पैतृक सम्पत्ती मुद्दा उचित रूपमा समाधान हुने सम्भावना छ । कुनै पनि पुनर्वास योजना पनि छलफल गर्न सकिन्छ। घनिष्ठ मित्रको सल्लाह अनुसरण गर्नुहोस्, तपाईं कुनै पनि उचित सल्लाह प्राप्त गर्न सक्नुहुन्छ ।
कन्या
आज तपाईंको भावनाहरू र विचारहरूलाई सन्तुलनमा राख्न तपाईंलाई गाह्रो हुनेछ । आफ्नै अपेक्षाहरू पूरा गर्न दौडँदा, एक आत्म सन्तुस्ती मिल्नेछ । सुभ समाचार सुन्न पाइनेछ ।
तुला
व्यवसाय गतिविधिहरुमा धेरै गम्भीरतापूर्वक सोच्न र मूल्यांकन गर्नको आवश्यकता रहन्छ । आज कुनै पनि प्रकारको जोखिम लिनुहोस् । तपाईं धोका पाउन वा धोका दिन सक्नुहुन्छ ।
वृश्चिक
सामाजिक सम्बन्ध मिठो राख्नुहोस् ।अनुपयुक्त कार्यमा चासो लिनु अपमानजनक स्थिति सिर्जना गर्न सक्दछ । जोखिमपूर्ण गतिविधिमा पैसा लगानी नगर्नुहोस्, घाटा हुने सम्भावना पनि छ ।
धनु
तपाईंको लक्ष्यको बारेमा विचारहरूमा परिवर्तन हुनेछ । तर तपाईलाई यो निर्णय गर्नु आज कठिन हुनेछ कि अन्तिम लक्ष्य के हो भनेर ।
मकर
घरका समस्याहरू समयमै हल गर्ने प्रयास गर्नुहोस्, अन्यथा समस्या बढ्न सक्छ । युवावस्थाको मैत्री-प्रेम मामिलामा परिणत हुनेछ ।
कुम्भ
खोकी, चिसो र ज्वरो जस्ता समस्याबाट बच्न, तालिका राम्रोसँग व्यवस्थित राख्नुहोस् र आयुर्वेदिक चीजहरूलाई उचित रूपमा लिनुहोस् । काम बिग्रिन सक्नेछ ।
मीन
शैक्षिकक्षेत्रसंग सम्बन्धित व्यक्ति आफ्नो विषय सम्बन्धित ज्ञान बढाउन आवश्यक रहन्छ । सम्बन्ध सम्बन्धित चासो फेरि अर्को व्यक्ति संग परिचयको कारण खडा हुनेछ। स्वास्थ्यमा मधुमेहबाट पीडित व्यक्तिहरू स्वास्थ्यसँग सम्बन्धित विभिन्न किसिमका समस्याहरू हुनसक्छन् ।
ज्यो. पं. घनश्याम पोख्रेल (९८४१४७९७०७)