०५ असार २०८३, शुक्रबार

देशका धेरै स्थानहरुमा वर्षाको सम्भावना

देशका धेरै  स्थानहरुमा वर्षाको सम्भावना

शुक्रबार देशभर  सामान्यदेखि पूर्ण बदली रहनुका साथै धेरै  स्थानहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले प्रदेश १, वागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।

यस्तै राति पनि मौसम दिउँसोको जस्तै हुने बताइएको छ । हाल देशको पूर्वी भूभागमा पूर्वीय वायु तथा मध्य र पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्