३१ जेठ २०८३, आइतबार

पाकिस्तानमा गीत गाउँदै आइसक्रीम बेच्ने व्यक्ति हुन् ट्रम्पका डुप्लिकेट (भिडियो)

जेठ २८, २०७८
पाकिस्तानमा गीत गाउँदै आइसक्रीम बेच्ने व्यक्ति हुन् ट्रम्पका डुप्लिकेट (भिडियो)

पाकिस्तानमा आइसक्रीम बेच्ने एक पाण्डुरंगी व्यक्ति अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पका डुप्लिकेट जस्तै देखिन्छन् । 

लगभग ४५ वर्ष उमेरका यी व्यक्तिलाई पञ्जाबको साहिवालका सडकमा आइसक्रीम बेचेको देखिएको हो । 

उनले उर्दू भाषामा गीत गाउँदै आइसक्रीम बेचेको भिडियो सार्वजनिक भएपछि मानिसहरूले उनी ट्रम्प जस्तै देखिन्छन् भने । 

मानिसहरूलाई आइसक्रीम किन्नका लागि फकाउन उनले गीत गाउने गरेका छन् । उनको स्वरको पनि प्रशंसा भइरहेको छ । 

इमरान मलिक नामक व्यक्तिले भने, ‘उनको स्वर सुफियाना छ । उनी कलाकार हुन् । आइसक्रीम बेचेर भन्दा पनि अविश्वसनीय रूपमा गजबले गाएर उनी सबैलाई आकर्षित गरिरहेका छन् ।’

salt training

कमेन्ट गर्नुहोस्