०५ साउन २०८३, मंगलबार

'अमेरिकासँग सम्बन्ध सुधार्दै गर्दा चीनसँग टाढिँदैन रुस'

जेठ २८, २०७८
'अमेरिकासँग सम्बन्ध सुधार्दै गर्दा चीनसँग टाढिँदैन रुस'

अमेरिकाका राष्ट्रपति जो बाइडन र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच शिखर वार्ता हुन लागेको बेलामा रुसका एक कूटनीतिकर्मीले चीनसँगको सम्बन्धमा असर नपर्ने बताएका छन् । 

चीनका लागि रुसका राजदूत आन्द्रे डेनिसोभले ग्लोबल टाइम्ससँग कुराकानी गर्दै भने, ‘अमेरिकाका लागि भनेर रुसले चीनसँग दूरी बनाउने छैन ।’

बाइडनले आगामी मंगलवार जेनेभामा पुटिनसँग भेटवार्ता गर्न लागेका छन् । 

पुटिनले आठ दिनअघि सिन्ह्वासँग कुराकानी गर्दै रुस र चीनको सम्बन्ध अभूतपूर्व रूपमा उच्च स्तरमा रहेको र दुवै मुलुकका धेरै किसिमका साझा स्वार्थ रहेको बताएका थिए । 

बाइडन र पुटिनबीचको शिखर वार्ताले बेइजिङलाई चिन्तित बनाएको छ किनकि चीनविरुद्धको गठबन्धन बनाउनका लागि अमेरिकाले रुसलाई फकाउन सक्ने आकलन गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्