२८ जेठ २०८३, बिहीबार

भाजपाले पायो ७८५ करोड भारुको चन्दा, काँग्रेसभन्दा पाँचगुणा बढी

जेठ २८, २०७८
भाजपाले पायो ७८५ करोड भारुको चन्दा, काँग्रेसभन्दा पाँचगुणा बढी

भारतको सत्तारूढ दल भारतीय जनता पार्टीले लगातार सातौं वर्ष अन्य दलहरूभन्दा निकै बढी चन्दा पाएको छ ।

सन् २०१९–२० मा पार्टीले कम्पनी, संस्था र व्यक्तिहरूबाट लगभग ७८५ करोड भारु चन्दा पाएको हो । कांग्रेसले पाएको लगभग १३९ करोड भारुभन्दा यो पाँच गुणा बढी हो ।

भाजपाले चुनाव आयोगलाई पठाएको रिपोर्टमा यसको उल्लेख छ । 

भाजपा र कांग्रेस बाहेक सन् २०१९–२० मा राष्ट्रवादी कांग्रेस पार्टीले ५९ करोड, तृणमूल कांग्रेसले ८ करोड, माकपाले १९.६ करोड र भाकपाले १.९ करोड भारु चन्दा पाएका छन् । 

यी पार्टीहरूले बताएको भन्दा निकै धेरै रकम चन्दामा पाएको हुनुपर्छ किनकि २० हजार भारुभन्दा कम रकम चन्दामा पाएको छ भने आयोगलाई बताइरहनुपर्दैन । 

salt training

कमेन्ट गर्नुहोस्