१० असार २०८३, बुधबार

कोरोना परीक्षणको दायरा बढाइने

कोरोना परीक्षणको दायरा बढाइने

कालिकोटका नौ वटा स्थानीय तहमा कोरोना (कोभिड–१९) को परीक्षणको दायरा बढाइने भएको छ । जिल्ला कोरोना कोरोना(कोभिड–१९) महामारी विपद् व्यवस्थापन समितिको बैठकले शुक्रबार परीक्षण दायरा बढाउने निर्णय गरेको हो । 

कोरोना सङ्क्रमित बढ्दै गएकाले सबै स्थानीय तहमा कोरोना परीक्षण बढाउने निर्णय भएको हो । खाँडाचक्र र रास्कोट नगरपालिका, पचालझरना र शुभकालिका गाउँपालिकामा ५÷५ सय एन्टिजेन किट पठाइएको र अन्य स्थानीय तहमा पनि ५÷५ सयका दरले एन्टिजेन किट पठाउने तयारी भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले जानकारी दिए । 

त्यस्तै, कोरोना महामारीको दोस्रो लहरमा जिल्लामा एक हजार ४९० जनामा कोरोना पोजेटिभ देखिएकोमा एक हजार ३५२ जना डिस्चार्ज भएका छन् ।  हाल कोरोना सक्रिय सङ्क्रमित १३४ जना विभिन्न आइसोलेसन र १३ जनाको कोभिड विशेष अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कालिकोटमा हालसम्म कोरोना सङ्क्रमणले चार जनाको मृत्यु भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्