×

NMB BANK
NIC ASIA

छाडा बोलीमा लगाम लगाऊ

वैद्यको भनाइ अक्षम्य र आपराधिक, बर्खास्त गरेर कडा कारवाही गर

जेठ २९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बाग्मती प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफू ‘नाथुराम गोड्से’ बन्न तयार रहेको भन्दै नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यले अत्यन्त आपत्तिजक र असभ्य अभिव्यक्ति दिएका छन् ।

Muktinath Bank

वैद्यको त्यो आपत्तिजक अभिव्यक्तिलाई लिएर अहिले सिंगो सचेत समाज विरोधमा उत्रिएको छ, जुन स्वाभाविक छ । नेपालको संसदमा नाथुराम गोड्सेको नाम उच्चारण हुनु अत्यन्त खेदजनक छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नाथुराम गोड्से महात्मा गान्धी जस्तो अहिंसात्मक राजनीतिमा विश्वास राख्ने स्वतन्त्रता आन्दोलनका महापुरुषको हत्यामा संलग्न बदनाम पात्रको नाम हो । गोड्सेले सन् १९४८ मा गान्धीको क्रूरतापूर्वक हत्या गरेको थियो । त्यस्ता व्यक्तिको नाम प्रदेश सभामा उच्चारण गरेर कांग्रेसका सांसदले आफ्नो व्यक्तिगत साख त सखापै पारे साथै नेपालमा लोकतन्त्र स्थापनाका लागि लडेको पार्टीको छवि समेत धुमिल्याइदिएका छन् ।


Advertisment
Nabil box
Kumari

वैद्यको यो अभिव्यक्ति यति आपत्तिजनक छ, जसले उनी स्वयं र उनी संलग्न पार्टीको छविमा गम्भीर दाग लगाएको छ । त्यस्तो दाग सहजै मेटिन गाह्रो पर्छ ।

Vianet communication
Laxmi Bank

प्रदेश सरकारको नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा शुक्रवार सांसद वैद्यले ‘... कोही नाथुराम गोड्से आवश्यक पर्‍यो है यो देश बचाउनको लागि । ... कोही नाथुराम गोड्से बन्न तयार छैन भने म नै बन्ने कि’ भनेर हिंसालाई प्रोत्साहन गर्ने अभिव्यक्ति दिएका थिए ।

सांसद वैद्यको आपत्तिजनक अभिव्यक्ति फिर्ता गर्न बागमती प्रदेश सभामा कांग्रेस संसदीय दलका नेताले निर्देशन दिए पनि उनले अहिलेसम्म माफी मागेका छैनन् । 

लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रताका सीमा हुन्छन् । आफ्नो मर्यादा भुलेर संसदभित्र प्रकट हुने यस्ता अमर्यादित, हिंसात्मक र आपत्तिजनक अभिव्यक्ति राजनीतिक र अभिव्यक्ति स्वतन्त्रताभित्र पर्दैनन् । यो सरासर आपराधिक अभिव्यक्ति हो र यसमा अल्मलिरहने गुञ्जायस नै छैन । यस्ता अभिव्यक्तिले लोकतन्त्रलाई बलियो बनाउने होइन, अराजकता निम्ताउन मद्दत गर्छ । 

सांसद वैद्यले हिजो प्रदेश सभामा बोलेका आपत्तिजनक अभिव्यक्ति फिर्ता लिएर सार्वजनिक रूपमा माफी माग्नुपर्छ । त्यतिले पुग्दैन, हिंसात्मक अभिव्यक्ति दिएको र देशको प्रधानमन्त्रीविरुद्ध ‘नाथुराम गोड्से’ बन्न तयार रहेको अर्थात् हत्याका लागि पछि नपर्ने भन्ने खालको अभिव्यक्ति दिएकोमा उनले सांसद पदबाट राजीनामा गर्नुपर्छ । राजीनामा नगरे कांग्रेसले उनलाई सांसद पदबाट हटाउनुपर्छ, बर्खास्त गर्नुपर्छ ।

सामान्य विवादास्पद अभिव्यक्तिका कारण नेपालमा मन्त्रीहरूले राजीनामा गरेका उदाहरण छन् । त्यसैले किन्तु परन्तु नभनी कांग्रेसले वैद्यलाई राजीनामा गराउनुपर्छ । प्रदेशसभा सचिवालयले उनको त्यो रेकर्ड सभाको अभिलेखबाट हटाउनुपर्छ । 

यदि यो तहको कारवाही भयो भने मात्र भोलिका दिनमा सांसदको भेषमा अरु वैद्यहरू जन्मने छैनन् । होइन भने यस्ता वैद्यहरू सल्वलाइरहने छन् । 

सांसद संविधान र कानूनभन्दा माथि हुँदैनन् । उनीहरूले बोल्दा, निर्णय लिँदा र व्यवहार गर्दा अनुशासन, विधि, प्रक्रिया र प्रचलित ऐन कानूनको सीमा नाघ्नु हुँदैन या नाघ्न पाउँदैनन् भन्ने नजिर स्थापनाका लागि पनि वैद्यमाथि हदैसम्मको कारवाही आवश्यक छ भन्ने लोकान्तर डट्कमको सम्पादकीय निचोड छ । 

राजनीतिक दलले आफ्ना सांसदलाई छाडा बोल्ने कुरामा लगाम नलगाए हाम्रा संसदहरू प्रतिशोधी र यस्तै हिंसात्मक आवाज गुञ्जने कर्कस सभामा रूपान्तरण हुनेछन् । नेपाललाई कोही ‘नाथुराम गोड्से’ चाहिएको छैन । यस्ता आपत्तिजनक, आपराधिक र हिंसात्मक अभिव्यक्ति नेपाली सभ्य समाजमा कुनै पनि बहानामा स्वीकार्य छैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x