
नेपालका ५ जना पूर्व प्रधानमन्त्रीहरूले नेपालको आन्तरिक मामिलामा बाह्य शक्तिको हस्ताक्षेप र चलखेल हुन नपाओस् भनेर अपिल गरेका छन् ।
शनिवार संयुक्त अपिल जारी गर्दै पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले हस्तक्षेप नहोस् भन्ने कुरामा सजगताका लागि सबैको ध्यानाकर्षित गरेका छन् ।

