
नेपालमा कोरोनाका २ हजार ४ सय ०७ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा पीसीआरतर्फ १६ सय ९४ र एन्टीजेनतर्फ ७ सय १३ जनामा संक्रमण पुष्टि भएको हो।
काठमाडौं उपत्यकामा ६ सय ५३ जना संक्रमित थपिएका छन् ।
जसमध्ये काठमाडौंमा ४ सय ८३, ललितपुरमा १ सय १२ र भक्तपुरमा ५८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा ३ हजार ९ सय ९४ जना डिस्चार्ज भएका छन् भने ४६ जनाको निधन भएको मन्त्रालयले जनाएको छ ।