२४ जेठ २०८३, आइतबार

लगातारको झरीले धानको बिउ नष्ट

असार १, २०७८
लगातारको झरीले धानको बिउ नष्ट
प्रतिकात्मक तस्वीर

केही दिनयता मनसुन सक्रिय भएपछि लगातारको झरीले गर्दा पर्सा जिल्लाका किसानले ब्याडमा लगाएको धानको बिउमा क्षति पुगेको छ ।

किसानले धान खेती गर्नको लागि ब्याडमा बिउ राखेको भए पनि लगातारको झरीको कारण बिउ उम्रिन समस्या भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ । 

पर्साका ८० प्रतिशत किसानले धानको बीउ राखिसकेका छन् । लगातारको झरीको कारण २० प्रतिशत बिउ नष्ट भएको कार्यालयका निमित प्रमुख मुनिलाल प्रसादले बताए ।

भर्खरै बिउ राखिएका कारण टुसा नलागेकाले क्षति हुन गएको बताइएको छ । पर्सामा चैते धान तीन हजार ५०० हेक्टर, भदैया धान ८ हजार ५५० हेक्टर र अगहनी धान ३५ हजार हेक्टर गरी ४७ हजार ५० हेक्टरमा धान खेती हुँदै आएको छ ।  

मनसुनका कारण लगातारको झरीबाट पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा तरकारी बाली पनि नष्ट भएको छ । वर्षाको कारण ग्रामीण क्षेत्रका बाटोघाटोहरू हिलाम्य भएकाले आवतजावतमा समस्या भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्