०७ असार २०८३, आइतबार

कालीगण्डकीको बाढीमा डुब्यो विश्वकै ठूलो शालिग्राम

कालीगण्डकीको बाढीमा डुब्यो विश्वकै ठूलो शालिग्राम

अविरल वर्षासँगै कालीगण्डकी नदीमा आएको बाढीले विश्वकै ठूलो शालिग्रामलाई डुबाएको छ ।

स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको संगमस्थलस्थित गल्याङ नगरपालिका–५ सेतीवेणीमा रहेको शालिग्राम बाढीले डुबाएको स्थानीयले जनाएका छन् ।

स्थानीय रेशमराज न्यौपानेका अनुसार पानीको सतह बढेर बजारसँग जोडिएको संस्कृत विद्यालय र मन्दिरसम्म पुगेको छ । सेतीवेणीका अधिकांश घरभित्र पानी गएको छ ।

जोखिम बढ्दै गएपछि कालीगण्डकी जलविद्युत् परियोजनाको बाँध खोल्न लगाएर पानीको सतह घटाइएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिपकराज नेपालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्