काठमाडौँ, २२ जेठ- तलब दिन नसकेपछि सशस्त्र प्रहरी बलले ५० खेलाडी तथा प्रशिक्षकको करार सम्झौता रद्द गरेको छ । खेलकुद कोष रित्तिएपछि वैशाखदेखि नै सशस्त्र प्रहरीले सबै करार खेलाडी र प्रशिक्षकको सम्झौता रद्द गरेको हो, नयाँ पत्रिकामा खबर छ ।

आर्थिक स्रोतको समस्या भएकै कारण करार सम्झौता नवीकरण हुन नसकेको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी दिवाकर केसीले बताए । प्रायोजक नपाएको र अन्य स्रोत पनि नभएपछि तलब दिन नसकिएको उनको भनाइ छ । सशस्त्रले क्रिकेटर पारस खड्कासहित देशका चर्चित खेलाडीलाई मासिक तलब दिएर आफ्नो विभागीय क्लबमा अनुबन्धित गरेको थियो ।
सम्झौता रद्द हुनेमा सुशीलनरसिंह राणा, दीपक श्रेष्ठ, प्रकाश थपलिया, विश्व श्रेष्ठ, रमेश डंगोल, अञ्जन विष्ट, राजु योगी, मनमाया लिम्बू, अञ्जली योञ्जन, पारस खड्का, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, सुवास खकुरेल, पुथु बा“स्कोटा, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, सन्दीप सुनार, सन्दीप जोरा, अनिल शाह, अभिषेक बोहरा, निरा राजोपाध्याय, ऋतु कनौजिया, सोनु खड्का, इन्दु बर्मा, ममता चौधरी, पुष्पा भण्डारी, सरस्वती चौधरी, शिक्षा श्रेष्ठ, विजय थापा, जयन्त अवस्थी, टेकराज अवस्थी, चन्दन शाही, शिवसुन्दर गोथे, सरु लिम्बू, रेखा पौडेल, सुशीलासिंह ठकुरी, मुकुन्द महर्जन, अमरलाल मल्ल, रूपक नेपाली, विनिता राई, युवराज थापा, सुस्मिता तामाङलगायत छन् ।