संसारभरिका आठ हजारजनाले एउटा निवेदन दायर गरेर अमेजन कम्पनीका सीईओ जेफ बेजोसलाई पृथ्वीमा फर्किन नदिनका लागि माग गरेका छन् ।
अर्बपति बेजोस जुलाई २० मा ब्लु ओरिजिन कम्पनीको रकेटबाट अन्तरिक्ष जाँदैछन् । उनीसँग उनका भाइ मार्क र एक अन्य पर्यटक पनि हुनेछन् ।
कतिपय मानिसले इलोन मस्कलाई पनि बेजोसले आफूसँगै लग्नुपर्ने र उतै बसेर पृथ्वीमा फर्कनु नहुने भनी माग गरेका छन् ।
चेन्ज डट् ओआरजी वेबसाइटमा राखिएको मागमा आड हजारजनाले हस्ताक्षर गरिसकेका छन् । मानवताको भविष्य हाम्रै हातमा छ भनी निवेदनमा लेखिएको छ ।
यसलाई पाँच दिनअघि आरम्भ गरिएको थियो ।
संसारमा आधिपत्य जमाउन खोज्ने राक्षस जस्ता हुन् बेजोस भनेर समेत एकजनाले लेखे ।
यसको आरम्भ गर्ने जोस ओर्टिजले ब्लु ओरिजिनसँग जेफ बेजोसलाई पृथ्वीमा आउनबाट रोक्न अपील गरे । बेजोसले ५जीमार्फत संसारमा कब्जा गर्नुअघि अन्तरिक्षमा नै छोड्न उनले भने ।