०६ असार २०८३, शनिबार

बाढीले रेडियो मेलम्चीको भवन दुई तला पुरियो, प्रशारण बन्द

बाढीले रेडियो मेलम्चीको भवन दुई तला पुरियो, प्रशारण बन्द

मंगलवार रातिदेखि आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजारमा रहेको रेडियो मेलम्चीको प्रशारण अवरुद्ध भएको छ ।

रेडियो मेलम्चीको तीन तले भवनको दुई तला बाढीले ल्याएको माटोले पुरेको छ ।

बाढीले उपकरणहरू पुरिँदा प्रशारण बन्द भएको रेडियोका सञ्चालक सरोज ढुंगानाले जानकारी दिए ।

दैनिक १८ घण्टा प्रशारणमा रहेको रेडियो बुधवारदेखि बन्द भएको हो । अस्थायी रुपमा कम्युटर जडान गरेर सञ्चालनमा ल्याउने तयारी भएको ढुंगानाले बताए ।

‘रेडियोका स्रोताहरूबाट हजार दुई हजार चन्दा उठाएर ठूलो संघर्षले रेडियो चलाएका थियौं,’ ढुंगानाले लोकान्तरसँग भने, ‘६० देखि ७० लाख क्षति भएको अनुमान गरेका छौं ।’

रेडियोसँगै मेलम्ची बजारका कयौँ घरमा बाढी पसेको छ । मेलम्ची नदी किनारामा रहेका संरचनामा पनि क्षति पुर्‍याएको छ ।

डुबानमा पर्नुअघिको भवन 

salt training

कमेन्ट गर्नुहोस्