२२ जेठ २०८३, शुक्रबार

मिदिम खोलाको बाढीका कारण अलपत्रलाई मध्यनेपालका मेयरले गरे उद्धार

मिदिम खोलाको बाढीका कारण अलपत्रलाई मध्यनेपालका मेयरले गरे उद्धार

लमजुङको मिदिम खोलामा आएको बाढीका कारण खोलापारि फसेका सर्वसाधारणलाई उद्धार गरिएको छ ।

मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले स्काभेटर लगाएर उद्धार गरेका हुन् ।

मिदिम खोलामा आएको बाढीका कारण ९ जना हिजो देखि अलपत्र परेका थिए । बुधवार मेयर पाण्डे लगायतले उनीहरुलाई उद्धार गरेका हुन् । 

मेयर पाण्डेका अनुसार उनीहरु खेत रोप्नका लागि हिजो खोलापारी गएका थिए । खोलो बढेपछि उनीहरु रातभर पारि नै बसेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्