१५ असार २०८३, सोमबार

पहिरोले खोला थुनिँदा मेलम्चीमा बाढी– शेरबहादुर तामाङ [भिडियो]

पहिरोले खोला थुनिँदा मेलम्चीमा बाढी– शेरबहादुर तामाङ [भिडियो]

स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले हेलम्बु १ भ्रातेकतेक भन्ने ठाउँमा गएको पहिरोले खोला थुन्दा मेलम्चीमा बाढी आएको बताएका छन् । 

विघटित प्रतिनिधि सभामा सोही क्षेत्रबाट निर्वाचित एमाले नेता तामाङले बुधवार हेलिकप्टरबाट सो क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए ।

‘पहिरो गएको ठाउँ भ्रातेकतेक (हेलम्बु- १ नाकोते चोक्पुभन्दा ५०० मिटरमाथि) । योभन्दा माथि पनि पहिरो गएको छ,’ तामाङले स्थलगत निरीक्षणको भिडियो राख्दै फेसबूकमा लेखेका छन् । 

पहिरो खस्ने क्रम चलिरहेको र खोल थुनिने र बाढी आउने क्रम चलिरहेको उनले बताए ।

प्रतिनिधि सभामा सभामुख अग्नि सापकोटाले पनि स्थलगत मार्गबाट सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । 

मंगलवार रातिदेखिको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र बगरमा परिणत भएको छ । 

एकतले घर पुरिएका छन् भने अग्ला घरको दोस्रो तल्लामा पनि हिलो पसेको छ ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्