१२ असार २०८३, शुक्रबार

कोरोना कहर : पत्नी माइत गएपछि आत्महत्या, ३ दिनसम्म बच्चाले बुवाको शवसँग मागे खाना

असार ३, २०७८
कोरोना कहर : पत्नी माइत गएपछि आत्महत्या, ३ दिनसम्म बच्चाले बुवाको शवसँग मागे खाना

कोरोना भाइरस संक्रमणको महामारीले आर्थिक अवस्था कमजोर भएका गरीब परिवारलाई ठूलो धक्का पुर्‍याएको छ । भारतको उत्तर प्रदेशस्थित बरेलीमा एउटा दर्दनाक घटना बाहिर आएको छ ।

बरेलीका ३२ वर्षीय मनोज दयाल नोयडामा रोजगारी गर्थे तर कोरोना रोकथामका लागि भएको लकडाउनसँगै उनको रोजगारी गुम्यो ।

रोजगारी गुमेर घर फर्किएका बेला आर्थिक संकटका कारण घरमा पत्नीसँग खटपट हुन थाल्यो । विवाद बढेपछि पत्नी माइतीघर गइन्, पत्नी माइत गएपछि मनोजले आत्महत्या गरे ।

मनोजसँगै घरमा ६ वर्षका छोरा र ४ वर्षकी छोरी थिइन् । बुवाले आत्महत्या गरेको कुरा नबुझेका छोराछोरी भोक लागेको बेला मृत शवसम्म खाना मागिरहे । बुवाले २ दिनसम्म खाना र कुनै जवाफ नदिएपछि हैरान भएका छोराछोरी छिमेकी घरमा गएर खाना माग्न थाले ।

छिमेकीले घरमा आएर हेर्दा बुवाको आत्महत्या गरेको देखेपछि घटना बाहिर आएको हो । घटनामा अनुसन्धान गरिरहेका प्रहरी अधिकारीले भने, ‘बच्चाहरू ३ दिनदेखि बुवाको शवसँग खाना मागिरहेका रहेछन्, बुवाले कुनै जवाफ नदिएपछि बच्चाहरू घरबाहिर आएर छिमेकीको घरमा गएका रहेछन् ।’

आत्महत्या गरेको ३ दिनसम्म शव खुलै रहेपछि दुर्गन्ध फैलिन थालेको प्रहरीले जनाएको छ । बरेलीका एसएसपी रोहित सिंह सजवानले पोस्टमार्टम रिपोर्टमा आत्महत्याको पुष्टि भएको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्