०५ असार २०८३, शुक्रबार

विवाह मण्डपबाट दुलाहा पक्राउ, दुलहीले गरिन् दुलाहाको भाइसँग विवाह

असार ३, २०७८
विवाह मण्डपबाट दुलाहा पक्राउ, दुलहीले गरिन् दुलाहाको भाइसँग विवाह

भारतको बिहारमा विवाहसम्बन्धी अनौठो घटना भएको छ । 
 

मोरारचक भन्ने ठाउँमा विवाह मण्डपमा बसिरहेका बेहुलालाई प्रहरीले पक्राउ गरेको लग्यो । 

घटना मंगलवार भएको हो । 

प्रहरीले दुलाहालाई लगेपछि दुलही स्तब्ध भइन् । अब के गर्ने भनेर छलफल हुँदा गाउँ पञ्चायतका मुखियाले दुलहीको विवाह दुलाहाको भाइसँग गरिदिने निर्णय लिए । 

यो कुरालाई दुलाहा र दुलही पक्ष दुवैले माने । हतारहतार गरी भाइलाई सजाइयो र विवाह गराइयो । 

अनिल कुमार दुलाहा बनेर दुलहीको घर जाँदा उनको त पहिल्यै बिहे भइसकेको थाहा भयो । अनिलकी पत्नी रुबीले सिगोडी थानामा प्रहरीलाई खबर गरिन् । आफ्नो विवाहका अनेकौं तस्वीर पनि उनले देखाइन् । अनि प्रहरीले विवाहमण्डपमा पुगेर अनिललाई समातेर लग्यो । 

पछि अनिलका भाइको विवाह गराइयो । दुवै पक्षले यसका लागि स्वीकृति दिएपछि घटना सामसुम भयो । 

अनिललाई पत्नी रुबीसँग बस्न र उसको स्याहार गर्नका लागि बन्धन पत्र लेख्न लगाएर हिरासतमुक्त गरियो ।
 

salt training

कमेन्ट गर्नुहोस्