०४ असार २०८३, बिहीबार

जापान : बौद्ध देवीको विशाल मूर्तिलाई लगाइयो मास्क (भिडियो)

असार ३, २०७८
जापान : बौद्ध देवीको विशाल मूर्तिलाई लगाइयो मास्क (भिडियो)

जापानमा बौद्ध धर्मकी एक देवीको मूर्तिको अनुहारमा मंगलवार मास्क लगाइएको छ । 

कोरोनाभाइरस महामारी अन्त्य होस् भनी कामना गरेर मास्क लगाइएको हो । 

विशाल मास्कलाई ५७ मिटर अग्लो मूर्तिको अनुहारसम्म लगेर राख्नका लागि चारजना कामदारलाई तीन घन्टा लागेको थियो । दयाकी देवी कान्नोनको सेतो मूर्ति फुकुशिमा प्रिफेक्चरको होउकोकुजी आइजु बेतसुइन मन्दिरमा छ । 

उनीहरूले त्यसपछि गुलाबी जालीदार कपडाबाट बनेको मास्क मूर्तिको अनुहारको तल्लो भागमा राखेका थिए । उक्त मास्क ३५ किलोको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्