×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीको जिकिर

‘धारा ७६ (५) का सम्बन्धमा राष्ट्रपतिले गरेको निर्णयविरुद्ध अदालतमा प्रश्न उठाउन मिल्दैन’

असार ३, २०७८

NTC
Premier Steels

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि दाबी गर्ने प्रतिनिधि सभाको सदस्यले भविष्यमा विश्वासको मत पाउने आधार छ/छैन भन्ने विषय राष्ट्रपतिको अधिकार भएको बताएका छन् । यस सम्बन्धमा अदालतमा प्रश्न उठाउन नसकिने उनको जिकिर छ ।

Muktinath Bank

प्रतिनिधि सभा विघटन सम्बन्धमा सर्वोच्च अदालतलाई बिहीवार महान्यायाधीवक्ता कार्यालयमार्फत पठाएको जवाफमा प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्ने आधार भए/नभएको यकिन राष्ट्रपतिले मात्र गर्ने बताएका हुन् 
ओलीले राष्ट्रपतिबाट संविधानको संरक्षकको भूमिका प्रभावकारी र मर्यादित रूपमा निर्वाह भइरहेको समेत दाबी गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘...त्यसरी पेश भएको आधार तथ्यसम्मत भए/नभएको कुराको यकिन राष्ट्रपतिबाट हुन्छ । र, सोही आधारमा राष्ट्रपतिबाट भएका निर्णय संवैधानिक राष्ट्रप्रमुखबाट भएको निर्णय मानिने भएकाले सम्मानित अदालतमा प्रवेश गर्न मिल्दैन । यस सन्दर्भमा राष्ट्रपतिबाट दुवै दाबीकर्ताको दाबी किन पुग्दैन भनी तथ्य र कानूनी व्यवस्थाको समेत उल्लेख गरी औपचारिक रूपमा निर्णय गरी नेपाल राजपत्रमै सूचना प्रकाशित गरेर सार्वजनिक समेत भएको छ ।


Advertisment
Nabil box
Kumari

त्यसैले सम्माननीय राष्ट्रपतिबाट संविधानको संरक्षकको भूमिका अत्यन्त प्रभावकारी र मर्यादित रूपमा निर्वाह भएको छ,’ ओलीले पठाएको जवाफमा भनिएको छ । 

Vianet communication

सर्वोच्च अदालतको संवैधानिक इजलासले गत जेठ २६ गते प्रतिनिधि सभा विघटन सम्बन्धमा सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।

बिहीवार पठाएको जवाफमा ओलीले संविधानको धारा ७६ (५) को प्रधानमन्त्री नियुक्तिको अधिकार राष्ट्रपतिबाहेक कसैलाई नदिएको उल्लेख गरेका छन् ।

‘...प्रधानमन्त्री वा कुनै निकाय वा पदाधिकारी वा मन्त्रिपरिषद्को सिफारिशमा भएको कार्यबाहेक संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री पदमा नियुक्तिको दाबी गर्ने प्रतिनिधि सभाको सदस्यले भविष्यमा विश्वासको मत पाउने आधार प्रस्तुत गरेको छ वा छैन भन्ने सम्बन्धमा सम्माननीय राष्ट्रपति स्वयंबाट भएको निर्णयका विरुद्ध सम्मानित अदालतमा प्रश्न उठाउन सकिँदैन,’ ओलीले भनेका छन् । 

धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिको मागसहित कांग्रेस सभापति शेरबहादुर देउवाले बहुमत सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि यही असार ९ देखि अन्तिम सुनुवाइ हुँदैछ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x