सर्वोच्चलाई राष्ट्रपतिको १५ बुँदे जवाफ– 'दलीय अनुशासन र नैतिकता अनुकूल नदेखिँदा प्रधानमन्त्री नियुक्त गर्न सकिएन'

राष्ट्रपति विद्यादेवी भण्डारीले भण्डारी राजनीतिक दलका सदस्यले पालना गर्नुपर्ने अनुशासन र नैतिकता अनुरूप नभएकाले धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा कसैलाई नियुक्त नगरेको जवाफ सर्वोच्च अदालतलाई पठाएकी छिन् ।

राष्ट्रपति कार्यालयका निमित्त सचिव रूपनारायण भट्टराईले महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्चलाई लिखित जवाफ पेश गरेका हुन् ।


Advertisement

सर्वोच्चलाई पठाइएको १५ बुँदे लिखित जनाफमा राष्ट्रपति भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली दुवैले गरेको दाबी विश्वसनीय नभएको जवाफ पठाएकी हुन् । 

‘यसरी उक्त दाबी राजनीतिक दलको मान्यता एवं दलका सदस्यहरूले पालना गर्नुपर्ने अनुशासन तथा राजनीतिक नैतिकता अनुकूल नदेखिएको अवस्थामा त्यस्तो दुवै दाबीलाई संवैधानिक तबरले विश्वासको मत पाउने विश्वसनीय आधार नदेखिँदा दुवै दाबीकर्ताको दाबी नपुग्ने गरी सम्माननीय राष्ट्रपतिबाट निर्णय भएको हो,’ जवाफमा भनिएको छ ।

हेर्नुहोस्, जवाफको पूर्णपाठ :

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्