
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–१ स्थित मध्यनगरमा अविरल वर्षाका कारण अरुवा खोलामा पानीको बहाव बढ्न गई खोलाको बीचमा अलपत्र परेका ८ जना बालबालिकाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।
गाईवस्तु चराउन गएका बालबालिका खोलको बीच भागमा अलपत्र परेको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट जवावैराथबाट खटिएको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको हो ।
पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका–५ स्थित थारु टोलमा अविरल वर्षाको कारण नारायणी नदीको बहाव बढ्न गई डुबानमा परेका २४ वटा
घरबाट खाद्यान्न तथा अन्य सामान सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।
डुबानबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट सुस्ताबाट खटिएको सशस्त्र प्रहरीले घरहरूको सामान सुरक्षित स्थानमा सारेको छ ।