
नेपाली सेनाले संयुक्त राष्ट्र संघमा शान्ति सैनिक योगदान गर्ने विश्वकै मुलुकमा तेस्रो नम्बरमा रहन सफल भएको छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथि सन्तोष वल्लभ पौडेलका अनुसार नेपाली सेनाबाट ५ हजार ६८६ जना शान्ति सेनामा रहेका छन् ।
प्रवक्ता पौडेलले ट्विटरमा लेखेका छन्, ‘सबैलाई बधाई ! नेपाल संयुक्त राष्ट्र संघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरूको सूचीमा कूल ५६८६ फौजसहित तेस्रो स्थानमा रहन सफल भएको छ ।’
सबैलाई बधाई ! नेपाल संयुक्त राष्ट्र संघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचिमा कुल ५६८६ फौज सहित तेश्रो स्थानमा रहन सफल भएको छ । @APFNepalHQ @NepalPoliceHQ @MofaNepal @UN_Nepal pic.twitter.com/pOafwyK54i
— NASpokesperson (@NaSpokesperson) June 17, 2021