२९ जेठ २०८३, शुक्रबार

सोसल मिडिया व्यवस्थित गर्न काउन्सिलको पहल

सोसल मिडिया व्यवस्थित गर्न काउन्सिलको पहल

युट्युबलगायत सामाजिक सञ्जाल र अनलाइन मिडियालाई कसरी व्यवस्थित गर्ने’ भन्ने विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको आयोजनामा आज भएको कार्यक्रममा सरोकारवालाहरूले नियमन र निर्देशनसँगै मिडियालाई जिम्मेवार बनाउनुपर्ने बताएका छन् ।

    अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिल सबै पत्रकारको साझा संस्था भएकाले हरेक पत्रकार र मिडियाको स्वामित्व हुने बताए । उनले सोसल मिडियाबाट आउने अडियो÷भिडियो सामग्रीहरूमा पत्रकारिता भए÷नभएकोबारे बुझ्न छलफल राखिएको बताए ।  सत्यतथ्य सूचना र समाचारको सम्प्रेषणबाट समाजमा सकारात्मक सञ्चार गराउन इन्टरनेटबाट दिइने  सामग्रीलाई कसरी व्यवस्थित गराउने भन्ने सम्बन्धमा काउन्सिल गभ्मीर  भएको  उनको भनाइ थियो ।   अध्यक्ष बस्नेतले सल्लाह, सुझावलाई ग्रहण गर्दै राज्यका निकायसँग समन्वय र सहकार्य सहित अघि बढ्ने विश्वास व्यक्त गरे ।

    काउन्सिलका बोर्ड सदस्य गोपाल बुढाथोकीले पत्रकार महासङ्घ र काउन्सिल मिलेर जारी गरेको आचारसंहिताभित्र रहेर गरिने पत्रकारिताबाटै ‘स्वच्छ, स्वस्थ, स्वतन्त्र मर्यादीत पत्रकारितामैत्री प्रेस काउन्सिल नेपाल’ निर्माण हुने बताए ।

    बोर्ड सदस्य दीपक पाण्डेले पत्रकार र मिडिया के हो भन्ने कुरा बुझ्न आवश्यक भएको  भन्दै  सोसल मिडियाबाट पत्रकारिताको नाममा गरिदैँ आएका अभ्यासको निर्मम समीक्षा गर्ने समय आएको बताए ।
    पत्रकार भुवन केसीले सञ्चारकर्मी र पत्रकार फरक भएको भन्दै काउन्सिलको भूमिकाबारे प्रष्ट हुनुपर्ने बताए । उनले  सोसल मिडिया र पत्रकारिता बेग्लै भएकाले सबै युट्युबरले पत्रकार नै बन्न खोजेको हो होइन बुझ्नु पर्ने बताए ।
अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारीले  सोसल मिडियालाई जिम्मेवारी बोध गराउनुपर्ने, युट्युबलाई सङ्गठित गर्नुपर्ने, चौंथो पुस्ताको पत्रकारितालाई  सशक्त बनाउनुपर्ने  लगायतका धारणा राखे ।

     पत्रकार पवन पौडेलले सुन्दा उस्तै लाग्ने तर हिज्जे फरक हुने अनलाइनका नामका खोलिएका वेबसाइटले थप समस्या निम्ताउनेतर्फ सजग हुनुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्