१२ असार २०८३, शुक्रबार

जागिर मिलाइदिने भन्दै ठूलो धनराशी ठगी गर्ने पूर्व पत्रकार पक्राउ

असार ४, २०७८
जागिर मिलाइदिने भन्दै ठूलो धनराशी ठगी गर्ने पूर्व पत्रकार पक्राउ

बहुराष्ट्रिय कम्पनीमा रोजगारी दिलाउने भन्दै एक सयभन्दा बढी मानिससँग १.५ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक भारतीय पूर्व पत्रकार पक्राउ परेका छन् । 

भारतीय प्रहरीका अनुसार ती पूर्व पत्रकारले आईपीएस बनेर विदेश तथा दिल्ली–एनसीआरमा बहुराष्ट्रिय कम्पनीमा काम लगाइदिने भन्दै ती मानिसहरूसँग ठगी गरेका हुन् । 

ती पूर्वपत्रकार अनुज प्रकाश हुन् जसले २ समाचार टीभी च्यानलमा काम गरिसकेको पाइएको प्रहरीले जनाएको छ ।

रिटायर्ड मेजर आर हुड्डा र उनकी पत्नी शेफालीले पूर्व पत्रकारले ठगी गरेको भन्दै उजुरी दिएपछि उनी पक्राउ गरिएको भारतीय प्रहरीले जनाएका छन् ।  
 
 

salt training

कमेन्ट गर्नुहोस्