२७ जेठ २०८३, बुधबार

कांग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दै
फाइल तस्वीर

पार्टीको चौधौं महाधिवेशनको तयारीको विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शुक्रवार पनि बस्दैछ ।

बिहीवारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनको संशोधित कार्यतालिका प्रस्तुत गरेका थिए । सो प्रस्ताव माथि आज छलफल हुँदैछ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउसो १ बजे का लागि बैठक तय भएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

कांग्रेसले भदौ १६ देखि १९ सम्म पार्टीको महाधिवेशनको मिति तोकेको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै महाधिवेशनको मोडालिटीको विषयमा छलफल गर्ने कांग्रेसले जनाएको छ ।

हिजोको बैठकमा कृष्ण सिटौला, महेश आचार्य, गगन थापा, रमेश लेखक लगायतले धारणा राखेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्