२४ जेठ २०८३, आइतबार

आयो कोरोनाको नयाँ भेरिएन्ट लाम्ब्डा

असार ४, २०७८
आयो कोरोनाको नयाँ भेरिएन्ट लाम्ब्डा

कोरोनाभाइरस र उसका नयाँ नयाँ भेरिएन्टले संसारलाई हावाकावा खेलाइरहेका छन् । 

नेपाल र भारतमा डेल्टा भेरिएन्टको जगजगी भएको बेलामा दक्षिण अमेरिकी मुलुकहरूमा लाम्ब्डा नामक भेरिएन्ट देखिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, पोहोर अगस्ट महिनामा पेरुमा पहिलोपटक देखिएको यो भेरिएन्ट अहिलेसम्म २९ देशमा फैलिसकेको छ । तर बढी प्रभाव पेरु, चिली र इक्वेडरमा देखिएको छ । 

संगठनले लाम्ब्डा भेरिएन्टलाई भेरिएन्ट अफ इन्टरेस्टको दर्जा दिएको छ । अर्थात्, सबै देशले यस भेरिएन्टमा नजर राख्न भनिएको छ । यो द्रुत गतिमा फैलिएछ भने यसलाई भेरिएन्ट अफ कन्सर्नमा राख्नुपर्ने हुन्छ । 

यो लाम्ब्डा भेरिएन्ट बढी संक्रामक र एन्टीबडीहरूलाई पनि धोका दिने किसिमको हुन सक्ने विश्व स्वास्थ्य संगठनको चिन्ता छ । 
 

salt training

कमेन्ट गर्नुहोस्