प्रज्ञा परिषद्ले गर्‍यो बाढीपहिरो पीडितलाई १० लाख सहयोग

भूपालमानसिंह कार्की प्रज्ञा परिषद्ले बाढी र पहिरोका कारण मानवीय तथा भौतिक क्षति भोगेका सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र लगायतका पीडितका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

परिषद्का अध्यक्ष लोकमानसिंह कार्कीको अध्यक्षतामा शुक्रवार बसेको बैठकले सो रकम एभिन्युज टेलिभिजनमार्फत प्रदान गर्ने निर्णय गरेको परिषद्का सदस्यसचिव नरेन्द्रराज प्रसाईंले विज्ञप्ति जारी गरी बताएका छन् ।


Advertisement

परिषद्ले एभिन्युज टेलिभिजनमार्फत नै गत वर्ष पनि कोरोना संक्रमण पीडितका लागि सातै प्रदेशमा खाद्यान्न, स्वास्थ्य सामग्री र मास्क गरेर ३१ लाख ३० हजार रुपैयाँ प्रदान गरेको थियो ।

कमेन्ट गर्नुहोस्