असार ५, २०७८
मेलम्ची बजारभन्दा २ किलोमिटर माथि टिम्बु हल्देमा रहेको हेलम्बु ट्राउट रिसर्च सेन्टरमा सञ्चालक ज्ञानेन्द्र कक्षपति र मेलम्ची नगरपालिका–११ बिसमुरेका नारायण चालिसेसहित १५ जना कामदार ट्राउट माछा ठूलो खोलाबाट सा...
असार ४, २०७८
काठमाडौंवासीका लागि मेलम्ची खानेपानी आयोजना वर्षाैंको सपना हो । मेलम्ची सपना पूरा हुने गरी हालै उद्घाटन कार्यक्रम समेत भएर अन्तिम परीक्षण भइरहेको थियो ।
वर्षाैंदेखिको मेलम्ची सपना अन्तिम चरणमा पुगेका बेला मेलम्ची नदीमा एकैदिन आएको बाढीले भयंकर धक्का दिएको छ ।
मेलम्ची नदीमा मंगलवार आएको भीषण बाढीमा परियोजनाको हेडबक्स क्षेत्र डुबानमा परेको छ । खानेपानी आयोजनाका अस्थायी संरचना बगेर गएका छन् ।
प्रवेश मार्ग नै बगेर गएकाले आयोजनाका कर्मचारीहरूले क्षतिको यकिन विवरण संकलन गर्न नसकेका मेलम्ची खानेपानी विकास समितिको योजना शाखाका वरिष्ठ डिभिजन इन्जिनीयर (सीडीई) तथा सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।
‘निर्माण व्यवसायी, परामर्शदाता क्षतिग्रस्त क्षेत्रमा पुग्न प्रयासरत हुनुहुन्छ तर त्यहाँ स्थलगत निरीक्षण नगरिकन वास्तविक क्षति भन्न नसकिने अवस्था छ,’ सूचना अधिकारी पन्तले भने, ‘हाम्रा स्थायी संरचनाहरू यथास्थितिमा रहेको देखिन्छ । ड्रोन र हेलिकप्टरको सहायताले निरीक्षण गरेर हेर्दा हाम्रो हेडबक्समा असर नपरेको देखिन्छ । तर अस्थायी पूर्वाधार, सहायक संरचनाहरू भने सबै बगेर गएका छन्, त्यसमा क्षति पुगेको देखिन्छ ।’
बाढीसँगै निर्माण व्यवसायीका निर्माण सामग्री पनि बगेर गएका उनले बताए । उनका अनुसार क्षतिको पूर्ण विवरण नआएपनि आयोजना प्रभावित हुने देखिएको छ ।
आयोजनाले सुरुङ खाली गरेर निरीक्षण गर्ने तयारी गरिरहेको थियो । तर सुरुङको अम्बाथानमा पूरै लेदो भरिएकाले आयोजना प्रभावित हुने सूचना अधिकारी पन्तले बताए ।
कार्ययोजना अनुसार सुरुङ निरीक्षण सकेर ४०–६० दिनभित्र काठमाडौंमा पुनः खानेपानी वितरणको योजना भएपनि अब ढिलाइ हुनसक्ने उनले बताए । ‘आयोजनामा क्षतिपछि अब काठमाडौंमा पानी वितरण गर्न यकिन यति दिन लाग्छ भन्ने कुरा चाहिँ स्थलगत निरीक्षण नगरिकन भन्न नसकिने अवस्था छ,’ पन्तले भने ।
हेर्नुहोस् भिडियो -
मेलम्ची बजारभन्दा २ किलोमिटर माथि टिम्बु हल्देमा रहेको हेलम्बु ट्राउट रिसर्च सेन्टरमा सञ्चालक ज्ञानेन्द्र कक्षपति र मेलम्ची नगरपालिका–११ बिसमुरेका नारायण चालिसेसहित १५ जना कामदार ट्राउट माछा ठूलो खोलाबाट सा...
काठमाडौं महानगरपालिकाले काठमाडौंका ३ ठाउँमा भूमिगत पार्किङ निर्माणको प्रक्रिया अगाडि बढाएको छ । काठमाडौंको टुँडिखेल वा रत्नपार्क नजिकको खुलामञ्च, लैनचौरस्थित समाज कल्याण परिषद्को खुला चौर र तीनकुनेस्थित खु...
यातायात व्यवस्था विभागले २०७८ कात्तिक २२ गते जारी गरेको सूचनाअनुसार २०७८ मंसिर १ गतेदेखि नयाँ सवारी दर्ता गर्दा अनिवार्य इम्बोस्ड नम्बर हुनुपर्ने व्यवस्था गरिएको थियो । उक्त सूचना अनुसार सोही वर्षको १ फागुनदेखि ...
काठमाडौंको तीनकुने (गैह्रीगाउँ)मा गएराति चार जनाको विभत्स हत्या भयो । हत्या हुनेमा एकै परिवारका तीन जना छन् । तीनकुनेस्थित दिव्य सःमिलमा लामो समयदेखि सुरक्षागार्डका रूपमा कार्यरत दोलखाका अन्दाजी ...
कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१० कुतियाकवरमा महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटेका छन् । जोगबुढा र महाकाली नदीको दोभान भएका कारण कुतियाकवरमा हरेक वर्ष डुब...
काठमाडौं महानगरपालिकाले गत मंगलबारदेखि काठमाडौँ स्थित दरबारमार्गको सडकछेउमा पार्किङ निषेध गरेको छ । सडकमा जथाभावी सवारीसाधन पार्किङ गराउँदा ट्राफिक जाम बढ्नुका साथै शहरको सुन्दर पक्ष नै हराएको भन्दै सडक ...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...