
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार गृहमन्त्री खगराज अधिकारीसहित ४ वटै सुरक्षा निकायका प्रमुखसँग विपद् व्यवस्थापनबारे छलफल गरेकी छन् ।
राष्ट्रपति कार्यालय शितलनिवासमा गृहमन्त्री अधिकारीसहित नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारसँग छलफल भएको हो ।
राष्ट्रपति भण्डारीले विपद् व्यवस्थापनमा सरकार र सुरक्षा निकायको भूमिकाबारे चासो राखेको शितलनिवास स्रोतले जानकारी दिएको छ ।