३१ जेठ २०८३, आइतबार

न्याय सम्पादनमा ढिलाई : २९६ मुद्दा फैसलाको प्रतिक्षामा

असार ४, २०७८
न्याय सम्पादनमा ढिलाई : २९६ मुद्दा फैसलाको प्रतिक्षामा

समयमै न्याय सम्पादन हुन नसक्दा जिल्ला अदालत दोलखामा मुद्दाको चाङ लागेको छ । अहिले २९६ मुद्दा फैसला हुन बाँकी छन् ।
    बढ्दो कोरोना भाइरस सङ्क्रमणका कारण गत चैतदेखि नै नयाँ मुद्दा दर्ता नगरेपनि चालू आर्थिक वर्षमा दर्ता भएका ५८६ मुद्दामध्ये २९० वटा मात्रै फैसला भएका छन् । गत चैतदेखि प्रहरीले ल्याएका अभियोग पत्र मात्र दर्ता हुने गरेको जिल्ला अदालतका नायब सुब्बा कृष्ण प्रसाद पौड्यालले बताए । उनले निषेधाज्ञा अवधिमा सजाय निर्धारण गर्ने ५ वटा मुद्दा, पक्राउ, स्वीकृती तथा अनुमति, कल डिटेल माग र म्याद थपको मात्र सुनुवाई भएको जानकारी दिए ।
    
    नेपाल वार एशोसिएशन दोलखाका पूर्वअध्यक्ष कृष्णबहादुर बस्नेतले प्रमाण बुझ्न बाँकी भएका कारण मुद्दा पैmसला हुन ढिलाई भएको हुन सक्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्