०१ साउन २०८३, शुक्रबार

अफ्रिकामा ५१ लाख ३७ हजारभन्दा बढी सङ्क्रमित

असार ४, २०७८
अफ्रिकामा ५१ लाख ३७ हजारभन्दा बढी सङ्क्रमित

अफ्रिकामा पुष्टि गरिएको कोभिड–१९ सङ्क्रमितहरूको संख्या शुक्रबार दिउँसासम्म ५१ लाख ३७ हजार ३७४ पुगेको रोग नियन्त्रण तथा रोकथामका लागि अफ्रीका केन्द्रले सीडीसीले जनाएको छ ।

पचपन्न सदस्यीय अफ्रिकी युनियनको विशेष स्वास्थ्य एजेन्सी सीडीसीका अनुसार, महामारीको कारण मर्नेको सङ्ख्या एक लाख ३६ हजार ४०६ पुगेको छ । यस महादेशका ४५ लाख ७२ हजार ६७१ व्यक्ति सङ्क्रमणमुक्त भएका छन् ।

अफ्रिका सीडीसीका अनुसार दक्षिण अफ्रिका, मोरक्को, ट्युनिसिया, इथियोपिया र इजिप्टमा महादेशका अन्य मुलुकमाभन्दा बढी सङ्क्रमण देखिएको छ ।

दक्षिण अफ्रिकामा सबैभन्दा बढी कोभिड–१९ रेकर्ड गरिएको छ भने अहिलेसम्म दुई उत्तरी अफ्रिकी देशहरू मोरक्को र ट्युनिसियाले शुक्रबार दिउँसो क्रमशः पाँच लाख २५ हजार ४४३ र तीन लाख ७६ हजार ६९१ व्यक्ति सङ्क्रमित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्