१२ साउन २०८३, मंगलबार

कोपा अमेरिकामा अर्जेन्टिनाको पहिलो जीत, उरुग्वे पराजीत

असार ५, २०७८
कोपा अमेरिकामा अर्जेन्टिनाको पहिलो जीत, उरुग्वे पराजीत

कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत शनिबार बिहान सम्पन्न खेलमा अर्जेन्टिना विजयी भएको छ । जारी प्रतियोगितामा अर्जेन्टिनाको पहिलो जित हो ।

यसअघि समूह चरणको पहिलो खेलमा अर्जेन्टिना चिलीसँग १–१ को बराबरीमा रोकिएको थियो । 

शनिबारका खेलमा अर्जेन्टिनाका रोड्रिगुजले १३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै ४ अंक बटुल्दै अर्जेन्टिना समूह बीको शीर्ष स्थानमा उक्लिएको छ ।

यस्तै चिली दोस्रो तथा पाराग्वे तेस्रो स्थानमा रहेको छ । 

आजको खेलमा पराजित उरुग्वे अंकबिहीन छ भने बोलिभिया पुछारमा रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्